ललितपुरमा नग्न अवस्थामा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी, एक पक्राउ

फाइल फाेटाे 

फागुन ७, काठमाडौँ । फागुन ४ गते ललितपुरमा नग्न अवस्थामा मृत भेटिएकी महिलाको हत्या भएको प्रहरीले पुष्टी गरेको छ भने हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।   

ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाई मृत भेटिएकी थिईन् ।  उनको हत्याको आरोपमा प्रहरीले  सुर्खेतको लेकफर्साका गिरबहादुर परियारलाई  पक्राउ गरेको छ ।   

Image result for मृत भेटिएकी महिला

महिलाकाे हत्या पछी फरार रहेका परियारलाई सुर्खेतबाटै पक्राउ  गरी ललितपुरतिर ल्याउँदै गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।   

हत्या भएकी महिला  परियारको श्रीमती रहेको र उनको हत्या किन गरियो कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *