रत्ननगरमा लामखुट्टेको लार्भा नष्ट अभियान सुरु

 

जेष्ठ ३०, चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर भित्र डेंगो गराउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । 

तीन दिन सम्म चल्ने अभियानमा नगरको प्रत्येक वडामा यो अभियान संचालन गरिनेछ । डेंगो रोग लाग्न नदिन बिहिबारबाट डेंगू रोग सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट अभियान सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक ईन्द्रलाल न्यौपानेले जानकारी दिए । 

null

अभियानको पहिलो दिन बिहिबार टिकौली जंगल देखि बेल्सी सम्म राजमार्गमा रहेका टायर पसलमा देखिएका लार्भा नष्ट गरिएको छ । लामो समय सम्म टायर भित्र पानी रहिरहँदा डेंगो रोग सार्ने लामखुट्टेले फुल पार्ने र त्यसैबाट सक्रमण हुने जिल्ला जन स्वास्थ्य कार्यलय चितवनका किट नियन्त्रण राम कुमार केसीले बताए । 

अभियानमा स्वास्थ्य स्वमसेबिकालाई परिचालन गरिएको छ । दुई वर्ष अघि रत्ननगरमा डेंगोले महामारीको रुप लिएको थियो । फेरी पनि त्यस्तो अवस्था आउन नदिन नगरपालिका सचेत रहेको नगर प्रमुख नारायण वनले वताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *