सिडीएससी अध्यक्ष गुप्ता भन्छन्ः नेपाल बैंककाे एफपिअाे गैरकानुनी हाे

कात्तिक १५, काठमाडाैं । अहिले सेयर बजारमा जल्दोबल्दो विषयका रूपमा नेपाल बैंक लिमिटेडको एफपीओ लिष्टिङ्गमा भएको ढिलासुस्तीले हजारौं सोझा लगानीकर्ताको लगानी ब्लक भएर बसेको अवस्था छ । 

नक्कली बजारबाट किनिएको नेपाल बैंकको एफपीओ सेयर लिस्टिङ्ग तुरुन्तै गर्न बैंकलाई नेप्सेले ठाडो आदेश दिइएको छ र सोही बमोजिम नै अब एफपीओ सकारेका ८ वटा अन्डरराईटरहरुलाई टाउको दुखाईको विषय बनिरहेको देखिन्छ । 

नक्कली बजारमा भएको नेपाल बैंकको एफपीओ गैर कानूनी हो,जसले राज्यको कर र राजश्वमा नै गुम्न पुगेको सिडीएससीका सिइओ देवप्रसाद गुप्ताको भनाइ छ । ‘त्यो १२४ जनाले किनेको सेयर सिस्टममा नचढ्ने उनले प्रष्ट्याए । यसमा अन्डरराईटरले नै आफैं आफ्नो नाममा ल्याउनु पर्ने र त्यसपछि मात्रै बिक्री गर्न मिल्छ ।’ सिईओ गुप्ताको दाबी छ । 

null

कृतिम बजार खडा गरि एफपीओ बिक्रीमा बोर्डकै कार्यकारी तहका उच्च अधिकारीको कमिसनको लोभमा परेको नयाँ रहस्य पनि खुलेको थियो । मर्चेन्ट बैंकर र लगानीकर्ताको हितमा भनी खोलिएका संघका अध्यक्ष उपाध्यक्ष तथा ब्रोकर संघका अध्यक्ष लगायत समेतको सक्रिय सहभागी भइ नक्कली बजार मार्फत एफपीओ किनेको नयाँ तथ्यपनि फेला परेको छ । 

अचम्म त मर्चेन्ट बैंकका अध्यक्षको धपेडीलाई पनि नेप्से र सेबोनको अडानले पुरै निस्तेज पारेका कारण चोर बाटोबाट किनेका माफिया र अन्डरराईटरहरुको निदहराम भएको त छँदैछ नै उता बैंकको बढेको मूल्यमा बेच्न नपाएर आउने मुनाफाको लोभले उनीहरु निक्कै थकान र चिन्तित मुद्रामा देखिन्छन् । 

अन्डरराईटरहरुले बोर्डलाई चोर बाटोबाट बुटवल पावर कम्पनीको झैं बेच्न पाउँ भन्दै काटेको पुनर्विचारको पत्रलाई सेबोनको पछिल्लो अडानले सेयर बजारमा विश्वासको वातावरण पनि सिर्जित भएको जानकारहरुको भनाई छ । अब लिष्टिङ्गको कुरा नेप्सेको हातमा रहेको स्रोतले बताएका छन् । यद्यपि नेप्सेले नेपाल बैंकलाई आदेश दिइएको र लिष्टिङ्ग चाडो गर्न निष्कासनकर्ता सिद्धार्थ क्यापिटललाई निर्देशन दिइएको स्रोतले जनाएको छ । 

नक्कली बजारबाट किनिएको नेपाल बैंकको एफपीओ सेयर लिस्टिङ्ग तुरुन्तै गर्न बैंकलाई नेप्सेले ठाडो आदेश दिइएको छ र सोही बमोजिम नै अब एफपीओ सकारेका ८ वटा अन्डरराईटरहरुलाई टाउको दुखाईको विषय बनिरहेको देखिन्छ । उनीहरु अदालत जाने न्यून सम्भावना रहेको तर, कानून उनीहरूकै विरुद्ध रहेकाले कानूनको ढोका सम्भवत ढकढक्याउन पुग्दैनन भन्ने लख काट्न सकिन्छ । यस्ताे परिस्थितिमा नेप्सेकै माध्यमबाट म्यानुवल कारोबार गर्ने विकल्पमा रहेको बजारका जानकारहरुको भनाई छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *