काम रोक धर्ना दिन पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीकाे राेक

भाद्र ३०, विराटनगर ।  अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेशका अस्थायी शिक्षकहरुलाई  मुख्यमन्त्रीको कार्यलयमा काम रोक धर्नामा प्रहरीले रोक लगाएको छ । सोमबार प्रदेश १ को मुख्यमन्त्री कार्यलयमा काम रोक धर्ना दिन पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले धर्ना दिनमा रोक लगाएको हो ।   

प्रदेशभरका अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्यालयमा काम रोक धर्ना दिन  शिक्षकहरु धर्ना दिन पुगेका हुन् ।   

रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार अस्थायी रुपमा कार्यरत शिक्षकहरुलाई  स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दवाव दिन  धर्ना दिईएको संघर्ष समितिका संयोजक  कपलेश्वर कण्डलले बताए । 

रोजगारी खोस्न पाईदैन, आई एलो सन्धी कार्यान्वयन गर,  जस्ता प्ले कार्ड बोकेर मुख्यमन्त्रीको कार्यलयमा धर्ना गर्न पुगेका अस्थायी करार शिक्षकहरु विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आन्दोलनरत छन् ।   

संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटकपटक सरकार समक्ष गम्भिर ध्यानाकर्षण गराउदै आएका छन् ।  अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै पटक पटक प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए पनि  उक्त मागको सम्बोधन नभएको कारण धर्ना दिएको आन्दोलनरत शिक्षिक टिका रिजालले बताईन् ।   

शान्तिपुर्ण धर्ना दिन लाग्दा पनि जबर्जस्ति  आफूहरुमाथी दुर्व्यवहार गरेको  भन्दै अस्थायी शिक्षक संघर्ष समितिका सचिव दुखराम चौधरी बताउँछन् । आफुहरुको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्ना, आन्दोलनका कार्यक्रम राख्ने  अस्थायी करार शिक्षकहरुले चेतावनी दिएकाछन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *