त्रिशुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बनाउने सम्झौता

काठमाडौं, २६ वैशाख । सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी B Zone of Luohunag Industial Park, Jianjin District, Chongqing, China मा प्रधान कार्यालय र कारखाना रहेको Chongqing Water Turbine Works Company Limited (CWTW) Company ले (EPCF) Engineering Procurement and Construction मोडेलमा निर्माण कार्य गर्ने सम्झौता भएको हो । 

 

यस सम्बन्धी सम्झौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र कम्पनीका Vice General Manager Mr. Qiu Jiang Wei वैशाख २२ गते काठमाडौंमा एक सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतानुसार चिनको कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सुसंचालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ । आयोजनाको विस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति समेत भएको छ । 

null

यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन् । सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल Dam-Doe Type Power House बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । 

 

यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशन लाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिनेछ । यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागी शेयर निष्काशन गरिनेछ । यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुनेछ । प्रदेश नंं ३ को यो एक आकर्षक आयोजना हुनेछ । यो एक बहुद्देशीय परियोजना भएको हुँदा यसमा नीजि सरकारी साझेदारीको (Public Private Partnership Model) संभावना रहेको कुरा कम्पनीका अध्यक्ष डा. उप्रेतीले बताए । उनले पूर्वाधारहरु पुगेका ठाँउमा यस प्रकाका थुप्रै आयोजनाहरु निर्माण हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *