लायन्य क्लब अफ विराटनगर एलिटद्धारा विद्यार्थीलाई क्यान्सर रोगको ‘अवारनेस’

भाद्र १२, विराटनगर । विराटनगर स्थित गोह्राह उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै क्यान्सर रोगका विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । विराटनगर वरगाछी स्थित सो विद्यालयमा ल्यायन्स क्लब अफ विराटनगर एलिटले सो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकलाई लक्षित गर्दै जनचेतनामुलक कार्यक्रम गरेको छ ।   

सो अवसरमा वरिष्ठ चिकित्सक डा. सुलभ सापकोटाले मुलुकका धेरै जनता क्यान्सर रोग र त्यसबाट बच्न सकिने उपायका विषयमा जानकार नहुँदा त्यसैले मृत्युको मुखमा पुगिरहनु परेको बताए । उनले रोगले जुनसुकै समुदाय र जस्तोसुकै व्यक्तिलाई पनि नछाड्ने भएकाले क्यान्सर रोगबारे सवैलाई जानकारी हुनुपर्ने बताए ।  

उनले विद्यार्थीहरुलाई समाजमा क्यान्सर रोगको असर, त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी, उपचार पद्धति र उपचारका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।   

कार्यक्रममा लायन्य क्लअ अफ इन्टरनेशनल ३२५ ए वानका पूर्व डिस्ट्रिक्ट गभर्नर लिला ढुंगेलले निस्वार्थ भावनाले सामाजिक कार्यगर्ने लायन्स क्लब विश्वमै सवैभन्दा ठुलो संस्था भएको बताउँदै नेपालमा पनि देश व्यापी रुपमा सामाजिक कार्यहरु गरिँदै आएको बताए । उनले आर्थिक समस्याबाट पिडित परिवारका सदस्यहरु आर्थिक अवस्थाकै कारण उपचार सेवा लिनबाट बञ्चित हुँदै आउनुपरेको बताउँदै गाउँमै निशुल्क उपचार सेवा गराउन लायन्स क्लबले दुरदराजका क्षेत्रहरुमा पनि पुगेर स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *