अहिले मुलुकको व्यवस्था डामाडोल भैरहेको छ, सबै दल मिल्नुको विकल्प छैन: कर्ण

भाद्र १४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । मुलुकमा छिटो–छिटो परिवर्तन भएको र अहिले राजा आउ, देश बचाउ भनेको भनेर सुनिनुमा यसलाई अन्यथा लिन नहुने समेत बताए । 

आज आयोजित सात्क्षत्कारमा बोल्दै सभापति कर्णले मुलुकमा संघीयता आएको भएपनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आजपनि सक्रिय रहेको उनको भनाई छ । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्धपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए ।   

तर, संघीयतालाई सुरुवातमै लंगडो ब 

मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । ‘अख्तियारले अहिले गाउँपालिकाका साना तिना भुरा माछाहरु समातेको छ । अहिलेसम्म संघका एक जना मन्त्री पनि समात्न सकेको छैन् । ठूला माछा समात्यो भने आफ्नै जागिर जान्छ भन्ने डर अख्तियारका मान्छेलाई परेको छ ।’ उनले भने । 

कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने,‘अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन् । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।’ उनलेपनि दलहरु राष्ट्रिय मुद्दामा मिल्नुको विकल्प नभएको सुझाए । उनले भने,‘अहिले हामी धेरै पछि परिसक्यौं । जनताबाट आलोचनाको शिकार बनेका छौं ।’ 

उनले आफ्नो पार्टीले यो वर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने जानकारी दिए । ‘हामीले अहिलेसम्म संविधान दिवस मनाएका छैनौं । सुरुदेखि नै कालो दिवसको रुपमा मनाएका छौं ।’ उनले समाजवादी पार्टीसँग एकताको लागि यसअघि नै प्रस्ताव गैसकेको सुनाए ।   

उनले पार्टी एकता हुनु राम्रो कुरा भएको सुनाउँदै मिल्नुभन्दा अगाडि धेरै छलफल गर्नुपर्ने बताए । ‘अहिले एकता गरेर पछाडि पछुताउने काम गर्नुहुँदैन ।’ उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पार्टी एकता गरेकोमा पछुताएको सुनाउँदै एकतापूर्व धेरै पटक सोच्नुपर्ने बताए ।   

कर्णले गौहत्या भएको विषयमा सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘यो विषयमा सरकारले जिम्मा लिनुपर्छ । घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्नुपर्छ ।’ त्यस्तै, उनले देशभरिका सरकारी अस्पतालहरु अस्तव्यस्त रहेको सुनाउँदै अस्पताल सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने,‘मन्त्रीज्यू, यहीँ हुनुहुन्छ, तपाईले औषधी र सरसफाईमा ध्यान दिनुहोस । सरकारी अस्पतालको हालत खराब छ ।’ 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । उनले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन् । यसबाट कसैको पनि मृत्यु हुँदैन ।’ 

राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ ।   

उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । ‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उनले जनाए ।   

फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोखे । उनले भने,‘अहिले तीन तहबीच जसरी सहकार्य हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *