इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल युएर्इ प्रस्थान

कार्तिक ३०,काठमाडाैं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल युएर्इ प्रस्थान गरेका छन्। 

आईजीपी खनालसँगै महासभामा सिआईबीका डिआईजी निरज शाही र नेपाल प्रहरीको ईन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्। 

युएर्इ मा यहि मङ्सिर १ गते देखी ४ दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने बताइएको छ। 

null

महासभाले संगठनको रिक्त रहेको अध्यक्ष लगायत अन्य पदको समेत पूर्तिसमेत गर्ने भएको छ। महासभामा कोशोभा, किरिबाटी र भानुआटुले सदस्यताको लागि दिएको निबेदनमाथि समेत निर्णय हुने जनाइएको छ। 

आईजीपी खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक लगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाई गरेका थिए । 

आईजीपी सर्बेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नेछन्। आईजीपी खनाल मङ्सिर ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *