विषादी परीक्षणमा रोक लगाइएको भन्दै प्रदर्शन

 

असार २२, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । 

विद्यार्थीहरुले तरकारीको माला लगाएर ‘विषदीयुक्त तरकारी र फलफुल आयातमा रोक लगा, नाकामा तरकारी र फलफुलमा विषादी परीक्षण किन रोकियो सरकार ?, राष्ट्रवाद कता हरायो ?’ लगायतका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए । 

null

 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । 

तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट पछि हटेको थियो । 

भारतसामु झुकेर जनतालाई विष खुवाएको भन्दै अहिले सत्तापक्ष, प्रतिपक्ष तथा सर्वसाधारणले यसको विरोध जनाउँदै आएका छन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *