अन्धाधुन्ध गोली चलाउँदा साथीको मृत्यु अन्य सात घाईते
मकालु खबर
२०७६ वैशाख २५ गते
बैशाख २५, अमेरिका । अमेरिकाको कोलोराडोस्थित एक विद्यालयमा दुई विद्यार्थीले आफ्नो कक्षाकाेठामा अन्धाधुन्ध गोली चलाउदा एककोम मृत्यु हुनुको साथै ७ घाईते भएका छन् ।
गोली चलाउने दुई बन्दुकधारीलाई पक्राउ गरि सकिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयर्टले जनाएको छ । यसरी अन्धाधुन्ध गोली प्रहार गर्ने बन्दुुकधारी मध्ये एक जना १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ ।
null
ह्याण्डगन बोकेका दुई बन्दुकधारीले आफ्नै कक्षाका एक साथीलाई गोली हानी हत्या गरेको र अन्य सात जनालाई घाइते बनाएका हुन्। यो घटना डेनवर नजिकै रहेको विज्ञान तथा प्रविधि विद्यालयमा घटेको हो । यस विद्यालयमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको पढाई हुने गरेको बताईएको छ ।
पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित