पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयनमा शंका
साउन २८, चितवन । नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व सभापति किशोर नेपालले पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्ने वताएका छन् ।
यसअघि पनि पारिश्रमिक निर्धारण भएको उल्लेख गर्दै उनले पछिल्लो समितिले सिफारीस गरे अनुसार सरकारले निर्धारण गरेपनि त्यो कार्यान्वयन हुन नसक्ने वताएका हुन् ।
null
न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा भएको श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजिवि पत्रकार र मिडिया संचालकका समस्या विषयक अर्न्तक्रिया कार्यक्रममा पूर्व सभापति नेपालले सरकारका मिडियाको दुश्मन रहेका संज्ञा दिए ।
कयौं पटक न्युनतम पारिश्रमक निर्धारण समिति वन्यो कार्यान्वयन भएन् उनले भने – अहिलेको निर्धारण कार्यान्वयनमा पनि शंका छ । पत्रकार महासंघका पूर्व सभापति नेपालले पत्रकार स्वयम आफ्नो पेशामा वलियो वन्नु पर्ने सुझाव दिए । पत्रकार आफैले दक्षता वृद्धी गर्न सके पारिश्रमिकका लागि कुनै समस्या नहुने उनको तर्क थियो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले अझै पनि ठुला मिडियामै न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको वताए । उनका अनुसार अझै पनि ठुला मिडियाका पत्रकारका लागि प्रेस पास नभएको समयमै र न्युनतम पारिश्रमिक समेत पाएका छैनन् ।
न्युनतम पारिश्रमिक समितिले सिफारीस गरे अनुसार कुनै पत्रकारले पारिश्रमिक नपाए त्यस्ता मिडियाको विरुद्धमा आन्दोलन गरिने उनले वताए । सरकारले पछिल्लो समय निर्धारण गरेको पारिश्रमिक वैकिङ सिस्टमबाट वितरण गर्नु पर्ने नियमपछि अहिले मिडिया हाउसमा केही तरंग ल्याएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु कृष्ण गिरी,सिर्जना अर्याल, प्रेस युनियन नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा अन्य पत्रकारहरुले यूटुवर र सामाजिक सञ्जालका कारण वास्तविक पत्रकार ओझेलमा परेको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापन गर्न माग गरेका थिए ।