हस्तकला क्षेत्रको प्रवर्धनमा नबिलको साथ

मंसिर १८, काठमाडौं । १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष श्री सुरेन्द्र भाई शाक्य बिच सो सम्झौता भएको हो । यस सम्झौता संगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं भरी तत्पर रहनेछ बताएका छन् । उनले हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसंग सहकार्य गर्न पाउंदा निकै खुशी लागेको बताएका छन् ।  सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश लिएको उनले बताए । 

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउंदा खुशी लागेको बताएका छन् । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ हुनु खुशीको कुरा भएको जानकारी दिए ।     

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *