आज नवौं विश्व रेडियो दिवस मनाईँदै

फागुन १, काठमाडौं । आज नवौं विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । 

त्यसयता हरेक रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबिचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । 

विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको १०० वर्ष भएको छ । नेपालमा रेडियो प्रशारण सुरु भएको ६९ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । 

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या देशभर ८ सय ४० भन्दा माथि पुगेको छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या ७ सय ६५ छ। निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो । विभिन्न सन्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *