गर्मीका कारण खैरहनीका सामुदायिक विद्यालय वन्द

 

असार १, चितवन । चितवनको खैरहनी नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालय तीन दिन वन्द गर्ने निर्णय गरेको छ । 

वढ्दो गर्मीलाई मध्यनजरगर्दै असार २ गतेदेखी ४ गते सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए । 

null

नगर भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलपछि नगरपालिकाले तीन दिन विद्यालय वन्द गर्न लागेको हो । गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेको प्रधानाध्यापकहरुले वताएका छन् । अत्याधिक गर्मीले विद्यार्थी वेहोस हुन थालेको गुनासो प्रधानाध्यापकबाट आयो मेयर चौधरीले भने – तत्कालका लागि तीन दिन विद्यालय वन्द गरिने भएपनि त्यसपछि पनि यस्तै अवस्था रहे थप गर्न सकिन्छ । 

गर्मीका कारण परेको असरबारे जानकारी गराउन प्रधानाध्यापकहरु आईतवार मेयर समक्ष पुगेका थिए । वर्खे विदा कटौती गर्ने गरी विद्यालय वन्द गरिएको मेयर चौधरीले वताए । खैरहनी नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय रहेका छन् । 

दिन प्रतिदिन वढ्दो गर्मीका कारण चितवनको सवै क्षेत्रमा असर परिरहेको छ । चितवनमा ४० डिग्री सेल्सीयस सम्म तापक्रम पुगेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *