संसदको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

 

साउन १६, काठमाडौं । सभामुख कृष्णबहादुर महराले अवरुद्ध संसद सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । 

विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले नाराबाजी गर्दै संसदमा अवरोध जारी राखेपछि छलफलका लागि सभामुख महराले बिहीबार सर्वदलिय बैठक बोलाएका हुन् । 

null

संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा संसद सुचारु गर्नेबारे प्रतिपक्षीसँग छलफल हुने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए। 

प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर विपक्षीले तीन सातादेखि संसद चल्न दिएका छैनन् । 

सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभएसम्म संसद चल्न नदिने प्रतिपक्षीको चेतावनी थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *