गूर्जा हिमालमा नौजना बेपत्ता

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गूर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ । ७ हजार १९३ मिटर उचाइको गूर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीले बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासी हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताए। बेसक्याम्पमा चलेको चर्को हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएको जानकारी दिए । 

ट्रेकिङ एजेन्सीमार्फत उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगेपनि ल्याण्ड गर्न नसकेपछि फर्किएको उनले बताए। हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

null

यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *