राष्ट्रपतिको विरोध गर्नु राजतन्त्रको गुलामी

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्थाको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु भएको आरोप लगाएका छन् । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

 

प्रधानमन्त्री ओलीले आफूलाई पढे लेखेका हौं भन्नेहरुले नै अहिले ठुटामा बसेर काग कराएजस्तो राष्ट्रपति संस्थाका विरुद्ध कराएको करायै गरेको समेत आरोप लगाए । उनले राष्ट्रपति संस्था आफैं कार्यकारी नरहेको जान्दा जान्दैपनि मृत राजतन्त्रको गुलामी गर्नका लागि उनीहरुले सो संस्थाको आलोचना गरेको उनको आरोप थियो । 

null

उनले पढे लेखेका हौं भन्नेले नै राजतन्त्रको कुरा गरेको र सर्बसाधारण जनताले राजतन्त्र नखोजेको समेत सो अवसरमा बताएका थिए । उनले आफ्नो कार्यकालमा मुलुकमा धेरै क्षेत्रमा सुधार भएको दाबी गर्दै एक वर्षमै सबै कुरा पूरा गर्न नसकिएपनि विस्तारै पूरा हुँदै जाने समेत बताए । 

उनले ज्योतिषहरुले विभिन्न भविश्यवाणी गरेको तर्फ संकेत गर्दै आफ्नै बारेमा थाहा नभएकाहरुले गलत भविश्यवाणी गर्दै हिंडेको बताए । उनकै पार्टी नेकपाभित्र दुई अध्यक्षले हालै नेकपा ७० वर्ष पुगेको अवसरमा दिएको भिडियो सन्देशको टिका टिप्पणी भइरहेको बेलामा उनले दुई अध्यक्षको भावना एउटै छ भन्ने देखाउन त्यसो गरिएको जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *