सरकारसँग वार्ता गर्न राप्रपाले बनायो समिति
बैशाख ९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ ।
हिन्दू राष्ट्रको माग राखी आन्दोलन गर्दै आएको राप्रपाले वार्ता समिति गठन गरेको हो ।
null
वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा गठन गरिएको ३ सदस्यीय समितिका सदस्यमा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन र नेता निरन्जन थापा छन्। सरकार र राप्रपाबीच मंगलबार वार्ता हुँदैछ ।
राप्रपाले गत फागुन ७ गते सरकारसमक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागपत्र पेस गरेको सरकारले मागको बेवास्ता गरेको भन्दै शुक्रबार धर्म निरपेक्षेताको ब्यानर जलाएर प्रदर्शन समेत गरेको थियो ।
राप्रपाले निरन्तर आन्दोलन थालेपछि कानुनमन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट अध्यक्ष कमल थापालाई आइतबार पत्र लेखी बैसाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका हुन् ।