राँगाको आक्रमणबाट घाईते सुव्वाको मृत्यु

काठमाडौं– फागुन ११ गते राँगाको आक्रमणमा परी घाईते भएका नायव सुव्वाको ज्यान गएको छ। चन्द्रागिरी न।पा ९ मच्छेगाउँ स्थित भाग्दै आउँदै गरेको राँगोको आक्रमणमा परी चन्द्रागिरी नगरपालिमा कार्यरत नायव सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो। 

काठमाडौ चन्द्रागिरी नगरपालिका ५ महादेवस्थानका ५२ वर्षका कान्छा श्रेष्ठ को ज्यान गएको हो । सुब्वा श्रेष्ठको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

null

घाईते मध्य चन्द्रांगिरी न।पा ४ त्रिभुवन पार्क बस्ने वर्ष ४५ की देवी राना र चन्द्रागिरी नगरपालिकका ९ मच्छेगाउँका वर्ष ८० का मानकाजि महर्जन उपचार पश्चात डिस्चार्ज भई घर गईसकेका छन् । राँगाको अक्रमणमा प्रहरी हवल्दार सहित आधा दर्जन घाईते भएका थिए । 

राँगाको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । आक्रमक राँगालाई थप क्षति हुनबाट वच्चाउन प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *