शिकार खेल्न जाँदा साथीको हत्या, ढाकछोप गर्न जंगलमै गाडियो शव

 

मंसिर १८, धरान । धरान १७ का बखत बहादुर रामदाम सोमबार मात्रै धरानको उदय सामुदायिक वनमा मृत फेला परेका थिए । 

उनको शव भेटिएको केही घण्टा बित्न नपाउँदै मंगलबार धरानमा फेरी आफ्नै साथीहको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् । 

null

धरान १७ रेलवेस्थित उदय सामुदायिक वनमा जाँदा आफ्नै साथीको मृतक आशिष ठटाललाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेहरुमा मृतक ठटालका साथीहरु कमल गुरुङ, मदन वराइली, आविस्कार लिम्बु र सन्जेल राई रहेका छन् । घटनामा संलग्नहरुमध्ये कमल र मदनलाई नियन्त्रणमा लिएर अनुसनधान थालेपछि सो रहस्य खुल्न आएको हो । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखाइदिएपछि प्रहरी र फरेन्सिक विज्ञ सहितको टोलीले उदय वनमा गएर शव उत्खनन गरेका थिए । 

कमल गुरुङले शिकारका लागी चलाएको गोली लागी ठटालको मृत्यु भएको र उनीहरुले शवलाई एउटा बोरामा पोका पारेर खाल्डोमा गाडेको प्रहरी समक्ष स्वीकार गरेका छन् । 

 

धरान १७ उदय टोलस्थित नमस्ते चोकका २१ वर्षीय आशिष ठटालको शव गाडेको अवस्थामा सोमबार फेला परेको थियो । राती जंगली जनावरलाई भनेर गोली हान्दा साथी परेको बताइएको छ । 

घट्नालाई ढाकछोप गर्न उनीहरुले राती नै साथीको शव पुरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् । 

घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनालाई आजै अदालतबाट भ्याद थप गरि घट्नाबारे थप अनुसन्धान गरिने डिएसपी तिम्सिनाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *