ईन्द्रजात्रामा राष्ट्रपतिको विरोध गर्ने आशंकामा पूर्वडीआईजी लगायत १५ पक्राउ

  

भाद्र २७ काठमाडौँ । शुक्रबार अपराह्न ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी सवारी हुँदा उनको विरोध गर्ने आशंकामा प्रहरीले करिब १५ जनालाई पक्राउ गरेको छ ।   

राष्ट्रपति भण्डारीको विरोध गर्ने  आशंकामा सेनाका एक मेजर, पूर्वडीआईजी लगायत १५ पक्राउलाई प्रहरीले पक्राउ गरेको हो । 

Image result for राष्ट्रपति विद्यादेवी भण्डारी

अपराह्न इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर सवारी हुन लागेका राष्ट्रपति भण्डारी को विरोध गर्ने आशंकामा प्रहरीले  सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको  जानकारी आएको छ ।   

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले  उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।   

एक प्रहरीले नाम नबताउने शर्तमा पक्राउ पर्नेमा एकजना बहालवाला मेजर, एकजना सेवा निवृत कर्णेल, एक अर्का सेवा निवृत्त डिआइजी, भ्रष्टाचार विरोधी राष्ट्रिय अभियानसँग आबद्ध हिरण्यमान ताम्राकारसहित अन्य १० जना जति रहेको जानकारी दिएका छन् ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *