एन आई सी एशिया बैंककोे नयाँ काउण्टर कपिलवस्तुको कृष्णनगरमा

कपिलवस्तु । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।   

यसै क्रममा बैंकले कपिलवस्तुको कृष्णनगरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही आजबाट सञ्चालनमा ल्याइएको छ । 

बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका थिए । उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *