संघले पठाएका कर्मचारी इटहरी उपमहानगरपालिकाले हटायो

माघ १४, सुनसरी । संघले पठाएको कर्मचारीलाई स्थानीय तहले हटाएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको एकल निर्णयले १२ जना करारका कर्मचारी हटाइएको हो ।   

इटहरी उपमहानगरपालिकामा स्वास्थ्य सेवामा करार तथा ज्यालादारीमा काम गर्ने १२ कर्मचारी हटाइएको मेयर चौधरीले बताएका छन् ।   

१२ मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी रहेका छन् । बाँकी ३ जनामा २ जना कम्प्युटर सम्बन्धि र एक जना अनमी रहेका छन् । संघीय सरकारले पठाएको भन्दै उपमहानगरको खर्च कटौती गर्न हटाएको मेयर द्वारिकलाल चौधरीले बताएका छन् । 

उनले ती मध्ये केही भ्रष्ट कर्मचारी पनि रहेकोले विदा गरिएको प्रतिकृया दिएका छन् । ‘केही भ्रष्टलाई यही लटमा विदा गरियो, संघले पठाउँदै गर्छ । हामी कटौती गर्दै जान्छौ ।’ चौधरीले भने । उनले स्थानीय तहको खर्च कटौती गर्न पनि करार नविकरण नगरिएको बताएका छन् ।   

उनीहरुको पुस मसान्तमै करार सकिएको मेयर चौधरीले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *