सिटीलाई पछि पार्दै टोटेनह्याम दोश्रो स्थानमा

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले कार्डिफ सिटीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले कार्डिफलाई ३–० गोल अन्तरले हराएको हो । 

जितसंगै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले २१ खेलबाट ४८ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ५४ अंक छ । कार्डिफ १८ अंक जोड्दै रेलिगेशन जोन भन्दा दुई स्थान माथि छ । 

टोटेनहमको जितमा ह्यारी केन, ईरिक्सन र सन ह्युङ मिनले गोल गरेका थिए । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा उल्भ्ससंग अप्रत्यासित पराजय ब्यहोरेको टोटेनहमले लगत्तै अवे खेलमा सहज जित निकालेको हो। 

null

 

खेलको तेस्रो मिनेटमा केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । ईरिक्सनले १२ औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे । मिनले २६ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

जितसंगै टोटेनहमले शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाएको छ । म्यान्चेष्टर सिटीलाई तालिकाको तेस्रो स्थानमा झारिदिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *