इटालीमा फुटबल दर्शक बीच भागदौड हुँदा पन्ध्र सय घाइते
मकालु खबर
२०७४ जेठ १५ गते
रोम (इटाली), जेठ । इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्षफुटबल प्रसारण हेर्न दर्शक दिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा १५०० इटालीको फुटबल टोली युभेन्टसका प्रशंसक (फ्यान) घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएका मध्य एक सात वर्षीय बालक र दुर्इ जना महिला समेत रहेकाे स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शनिबार इटालीको युभेन्टस र स्पेनको रियल म्याड्रिडबीच आयरल्यान्डको वेल्समा भएको ‘च्याम्पियन्स लिग’ को अन्तिम (फाइनल) खेल हेर्न ठूलो सङ्ख्यामा युभेन्टसका प्रशंसक इटालीको सान कार्लो स्क्वाएरमा जम्मा भएका बेला एक्कासी विस्फोटको जस्तो आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।
भागदौड के कारणले भएको थियो भन्ने विषयमा कुनै निचोड नआएको बताइएको छ । भागदौडको कारण कतिपयले पटका पड्काइएको आवाज भएको बताएका छन् भने कतिपयले प्रहरी बसिरहेको बार भत्किएको जनाएका छन् । रङ्गशालाबाट एक्कासी दर्शक हतारिएर भाग्न थालेपछि वरपर बसेका अन्य दर्शकहरुले आतङ्ककारी आक्रमण भएको हुनसक्ने डरका कारण भागेका र भाग्ने क्रममा एकले अर्कोलाई धकेलेर भएको घटनामा ठूलो सङ्ख्यामा फुटबल प्रशंसक घाइते भएका हुन् ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित