नोबेल अस्पतालका कर्मचारीसँग बिओकेको अन्तर्रक्रिया

चैत्र २, बिराटनगर । बैंक अफ काठमाण्डूले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका कर्मचारीसँग अन्तर्रक्रिया गरेको छ । बैंकले प्रवाह गर्दै आएको सेवाका बिषयमा नोबेलका कर्मचारी, डाक्टर, नर्श लगायतसँँग अन्तर्रक्रिया गरिएको हो । 

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिमल डाँगासहित बिभिन्न व्यक्तिले बैंकिङ सेवा, कर्जा प्रवाह लगायतका बिषयमा जानकारी गराएका थिए । बैंक अफ काठमाण्डूले नोबेल अस्पतालमा एक्सटेन्सन काउन्टर र एटिएम राखेर सेवा प्रदान गर्दै आएको छ । 

यसैवीच बैंकको २५ औं बार्षिकोत्सवको अवसरमा नोबेल अस्पतालमा केक काटेर उत्सव मनाईएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत डाँगा, नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्याय, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्राचार्य डा.रामहरी घिमिरे लगायतले सामुहिक रुपमा केक काटेर उत्सव बनाएका हुन् । 

बिओकेले देशभर ७८ शाखा, ९ एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम राखेर सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *