गोली भर्ने क्रममा भरुवा बन्दुक पड्किँदा सुमन राईको मृत्‍यु

 

बैशाख २, सोलुखुम्बु । सोलुखुम्बुमा भरुवा बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा एक जनाको मृत्यु भएको छ । 

सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–४ मा भरुवा बन्दुक पड्किँदा काँकु डाँडागाउँका २० वर्षीया सुमन राईको आइतबार मृत्यु भएको हो । 

null

बन्दुक पड्किँदा उनको पेटमा गोली लागेको र उपचारका लागि फाप्लु जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । 

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *