हेलिकप्टरमा राखेर शव ल्याइँदै, मन्त्री अधिकारीसहित सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्जली दिइने

 

फागुन १६, काठमाडौँ । ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै छ । 

अहिले मृतक सातै जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको छ । 

null

मौसममा खराबी भएका कारण शव ल्याउन ढिलाई भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसमको प्रतिकूलताका कारण विमानस्थल ठप्प रहेको जानकारी दिए। उनले ताप्लेजुङमा हिमपात भइरहेको बताए। 

मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जली दिइने तयारी छ । 

मन्त्री अधिकारीको शव अन्त्येष्टिका लागि शुक्रबार गृहजिल्ला कास्की लैजाने तयारी छ । अन्य परिवारको भने इच्छाबमोजिम अन्त्येष्टिका लागि लगिने जानकारी दिइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *