जान्ह्वीको प्रेमलाई किन अस्वीकार गर्थिन् श्रीदेवी ?
माघ ९, काठमाडौँ । धडकबाट अभिनयमा डेब्यू गरेकी श्रीदेवीकी छोरी जान्ह्वी कपूर आजसम्म यो सोचेर हैरान छिन् कि उनको आमा बुवाले उनलाई डेटिङ गर्न किन प्रतिबन्ध लगाइरहेका थिए ।
जान्ह्वीका अनुसार मम्मी श्रीदेवी त यति कडा थिइन्, बोइफ्रेन्डलाई अगाडि ल्याउन समेत प्रतिबन्ध लगाएकी थिइन् । उनी आफ्नी छोरीको बोइफ्रेन्डलाई सधै अस्वीकार गर्थिन् ।
null
जान्ह्वी हालसालै एक डिजिटल च्याट शो मा गएकि थिइन्, त्यहाँ उनले यस्तो खुलासा गरेकी हुन् ।
जान्ह्वीका अनुसार उनलाई घरमै धेरै प्रोजेक्ट गर्न लगाइन्थ्यो । उनले भनिन्, ‘मेरो अभिभावकलाई म कसैसँग डेटिङ गरिरहेको छु भन्ने थाहा थियो । त्यसैले उहाँहरुले नाटकीय माहोल सृजना गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, यदि तिमी कसैलाई लाइक गर्छौ भने उसलाई घरमा लिएर आऊ । हामी तिम्रो विवाह गरिदिन्छौँ ।’
उनले अहिलेसम्म पनि आमाको यो कुरा बुझ्न नसकेको बताइन् । शो मा उनले कपूर परिवार र खासगरी अर्जुन र अंशुला (जान्ह्वीको बुवा बोनी कपूरकी पहिलो पत्नीको छोराछोरी) को बारेमा पनि कुरा गरेकी थिइन् ।
जाह्नवी कपूर करण जौहर गुंजन सक्सेनाको बायोपिक मा पनि लीड रोल निभाउँदैछिन् ।