‘ब्लड क्यान्सर’ पीडित नवीनको उपचारार्थ २ लाख ४७ हजार आर्थिक सहयोग

माघ ७, काठमाडौँ । ब्लड क्यान्सरबाट पीडित १९ वर्षीया नवीन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले दुई लाख ४७ हजार ८ सय ३४ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।   

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप कुमार थापाको प्रमुख आतित्थ्यतामा उक्त संस्थाले नविनका माता–पिता यशोदा पाण्डे र हरि बहादुर पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेको हो । 

रिपोर्टर्स क्लब नेपालमा आयोजित रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका उपाध्यक्ष थापाले नवीन पाण्डेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुलाई उपचारमा थप सहयोग गरिदिन आग्रह गरेका छन् । 

कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट कार्यक्रमकी संयोजक यमुना श्रेष्ठले ‘नविन बचाउ अभियान’ मा जोडिएर आफूहरुले उक्त रकम संकलन गरेको र आज हस्तान्तरण गरेको बताइन् ।   

कार्यक्रममा पीडित नविनका बुबा हरि बहादुर पाण्डेले सहयोगको अपिल गरेका छन ्। उनले भने,‘मेरो छोरा नविनलाई पुर्नजीवन दिनका लागि स्वदेश तथा विदेशमा रहनुभएका ठूलो हृदय भएका महानुभावहरुलाई सनराइज बैंकमा रहेको खाता नम्बर ०२२०४६७५००२०५०० मा सहयोग रकम जम्मा गर्न अनुरो गर्दछु ।’ उनले थप सम्पर्कका लागि ९८०३६८८३९३ मा सम्पर्क गर्न सकिने पनि जनाए ।   

भोजपुर घर भएका नवीन हाल काठमाडौँमा बस्दै आएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *