अवैध सुन र लागुऔषध सहित दुई पक्राउ

 

२९, चैत्र सिरहा । आज प्रहरीले अवैध सुन र लागुऔषध सहित सिरहाको फरक–फरक स्थानबाट २ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–२ मा बस्ने २५ वर्षीय मोहमद अकरामुल राइनलाई ५० ग्राम अवैध सुन सहित सिरहा नगरपालिका–२१ पिप्रा टोलमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका थिए । 

 जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार भारतबाट नेपाल आउँदै गरेको स ६प ६८०१ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा अवैध सुन सहित राइन पक्राउ परेका हुन् । 

null

त्यस्तै लहान नगरपालिका–३ स्थित ठाडी चोकबाट लागु औषध सहित उदयपुरको गढी गाउँपालिका–७ निवासी २६ वर्षीय भरत तामाङलाई पनी प्रहरीले पक्राउ गरेका छन् ।लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल र नाइट्रोजन ७५ चक्की तामाङको साथबाट फेला पारिएको उपरीक्षक खरेलले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *