कोरोना कोषमा व्यवसायी बसन्त चौधरीको एक करोड सहयोग
मकालु खबर
२०७६ चैत १० गते
चैत १०, काठमाडौं । व्यवसायी बसन्त चौधरीले कोरोना नियन्त्रणका लागि सरकारले थालेको अभियानमा एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरेको ‘कोरोना कोष’ मा नर्भिक/बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेको हो । ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा चौधरीले गरेका छन् ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण विरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेको थियो । सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको थियो ।
मकालु खबर
२०७६ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित