लकडाउनको चौथो दिनः विराटनगरको सुरक्षामा प्रहरी प्रमुख आफैं फिल्डमा उत्रिए

चैत्र १४, विराटनगर । लकडाउनको आज शुक्रबार चौथो दिन प्रदेश १ को विराटनगरको सुरक्षा ब्यवस्था कडा गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख आफैं फिल्डमा उत्रिएका छन् ।   

लकडाउनको वेवास्ता गर्दै निर्वाध सडकमा हिँड्नेहरुलाई नियन्त्रण गर्न र अवान्छित गतिविधि न्यूनिकरण गर्न मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी आफैं सडकमा उत्रिएका हुन् ।   

कोरोना भाइरसको संक्रमणको उच्च जोखिमबाट बच्न सरकारले लकडाउनको घोषणा गरेसँगै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको भएपनि घर बाहिर निस्कने प्रवृत्ति नहटेपछि प्रहरीले सुरक्षा कडाई गर्न थालेको हो ।   

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला भित्र लकडाउन कडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । अधिकारीले स्थानिय बासीहरुलाई सम्झाई बुझाई घरभित्रै बस्न आग्रह गरेका थिए । प्रहरीले विराटनगर बजार क्षेत्रमा पनि निगरानी बढाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोलीले विराटनगरको विभिन्न स्थानमा गएर सर्वसाधारणलाई सडकमा ननिस्कन आग्रह गरेका थिए ।   

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक ऋषीराज ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर १७ दशगजामा पर्ने इस्लामपुरमा पुगी सो स्थानका स्थानियबासीलाई घरबाट ननिस्कन आग्रह गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *