टीकापुर घटनाको फैसला आज, सांसद चौधरीले पाउलान् त सफाइ ?

 

फागुन २२, काठमाडौँ । जिल्ला अदालत कैलालीमा  गत बुधबारदेखि जारी टिकापुर घटनासम्बन्धी मुद्दाको अन्तिम फैसला आज हुँदैछ । 

तीन वर्ष अघि ८ प्रहरी जवान र एक नाबालकसहित नौ जनाको ज्यान गएको घटनामा बाहलवाला सांसद रेशम चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ । मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि कारागारमै छन्। उनी अब थुनामै थप समय बस्छन् या सफाइ पाउँछन् भन्ने फैसला आज हुँदैछ । 

null

अदालतले दोषी ठहर गरेमा थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन पाउनेछन्। शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन्। उनलाई निर्वाचित भएको एक वर्षपछि शपथ गराइएको थियो। 

घटनामा संलग्न भएको आरोपितमध्ये ३२ जना अझै फरार छन्। एक नाबालक, सांसद चौधरीसहित २६ जना भने पुर्पक्षका लागि थुनामा छन्। 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी दुई वर्षीय नाबालक टेकेन्द्र साउद र ८ प्रहरीको ज्यान गएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *