प्रहरी हुँ भन्दै एक लाख ठग्ने रिजाल र खनाल पक्राउ

 

जेठ १२, काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने २ युवक पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी हुँ भन्दै ठगी गर्ने अर्घाखाँचीको सितापुरका ३० वर्षीय हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई पक्राउ गरेको हो । खनाल हाल बानेश्वर बस्दै आएका छन् । 

null

खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका खनाल र रिजालले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफुहरु प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेका हुन् । 

उनीहरुले ठगी गरी बैकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *