एथलेटिक्सका खेलाडी चौधरीलाई नागरिक अभिनन्दन

बैशाख १०, दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तगर्त एथलेटिक्समा तीन स्वर्ण र एक कास्य पदक हासिल गरेका आषिश चौधरीलाई नागरिक अभिनन्दनबाट सम्मानित गरिएको छ । 

 

राप्ती गाउँपालिका वडा नम्बर ७ छोटकी सिसहनिया निवासी चौधरीलाई उनको गृह क्षेत्रको सरस्वती युवा क्लब र आइएम ग्रुपले अभिनन्दन गरेर सम्मान गरेका हुन् । उनलाई खेल क्षेत्रबाट सिंगो देशको नाम संसारभरि पहिचान गराउन सफल भएको भन्दै अभिनन्दन गरिएको थियो 

null

उनी एक सय मिटर, दुई सय मिटर दौड र चार गुणे चार सय मिटर रिले दौडमा स्वर्ण, चार गुणे एक सय मिटर रिले दौडमा कास्य पदक हासिल गर्न सफल भएका थिए । उनी सर्वोत्कृष्ट खेलाडीमा छानिएपछी उनलाई बाजा गाजा सहित गाउँ परिक्रमा समेत गराईएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *