सिटिजन्स बैंकको १०१ ओैँ शाखा खाल्टेमा

भाद्र ३०, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका खाल्टेमा भाद्र २७ बाट १०१ ओैँ शाखा रहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । 

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसार्यी िर्कतिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।   

सोहि अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ । 

अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी गराएको छ । 

 बैंकले देशैभरमा  ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *