बिना भिसा श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध मुद्दा दर्ता

कात्तिक ९, काठमाडौँ । वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीका लागि जान चाहनेहरुलाई विचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । 

शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै नायव सुब्बाहरुः अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगानाविरुद्ध पनि सोही अभियोगमा मुद्दा दायर गरिएको छ भने कम्प्युटर अपरेटरहरु अमर महरा, चक्रबहादुर पराजुली, डम्वर बहादुर विश्वकर्मा, धनवीरसिंह भाट, राजकुमार शाही विरुद्ध पनि मद्दा दर्ता भएको छ । 

null

वैदेशिक रोजगार विभागका ती कर्मचारीहरुले २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म श्रम स्विकृती प्रदान गरे गराएका विवरणहरु लगायतका कागजात अध्ययन एवं अनुसन्धान गर्दा उक्त अवधिमा १८४ महिलाहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरी सरकारी निकायमा गलत लगत खडा गरे गराएको देखिन आएको आयोगले जनाएको छ । 

यस्तै अयोगले राष्ट्र सेवक कर्मचारीहरुसँगको मतियारका रुपमा काम गरी आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको भन्दै राजिवकुमार पञ्जियार र विकास थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *