माइतीघरमा नाराः महिला रोकिए संसार रोकिन्छ

फागुन २५, काठमाडौं । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज (आइतबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।  

आधार फाउन्डेसन, प्रगति नेपालको आयोजना र राष्ट्रिय युनेस्को सचिवालयको सहयोगमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व श्रमिक महिला दिवसको उक्त कार्यक्रम गरिएको हो ।  

अधिकारकर्मीको टोलीले ‘महिला रोकिए संसार रोकिन्छ’ लेखिएको प्लेकार्ड बोकी नारा लगाउँदै माइतीघर, बबरमहल, विजुलीबजार, नयाँ वानेश्वर, मीनभवन, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।   

सरकारले यस वर्षको नारी दिवसको औपचारिक कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञप्ति निकालेर कार्यक्रम स्थगित गरिएको जनाएको हो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *