ए डिभिजन लिगः आर्मीले शीर्षस्थानको मनाङको सामना गर्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फामा हुनेछ । 

बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा र शीर्ष स्थानको मनाङ भन्दा १० अंकले पछाडी परेको छ । फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा छ । 

दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार दुई टाली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । 

null

दुवै टोलीलाई उपाधि होड बलियो बनाउन जित आवश्यक छ । शीर्ष स्थानको मनाङको २१ अंक छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *