एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

पुष २४, काठमाडौं । एन आई सी एशिया बैंकले २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई  २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।   

आफ्ना ग्राहकलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले अझै आधुनिक र प्रतिस्पर्र्धी सेवा दिन उक्त सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।   

बैंकका ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेमा बैंकको सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा सम्पर्कमा रहने जानकारी गराइएको छ । यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।   

सो सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिने सुझाव तथा गुनासालाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकहरुलाई  बिशेष लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।   

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *