संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने

काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।

नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो हुन पुगेको विचार व्यक्त गर्दै निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनमा नयाँ इँटा थपिएको बताउनुभयो । उहाँले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउनका लागि मधेस केन्द्रित दलले राखेका मागलाई मुख्य राजनीतिक दल बसेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान गर्न संविधान संशोधनका लागि सत्ता पक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पूरा नगरे आफूहरु निर्वाचनमा नजाने अडान दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आँट गरे संविधान संशोधन हुन सक्छ ।” नेता सुमनले आफूले राखेका माग सरकारले सम्बोधन नगरे एक÷दुईदिनभित्र आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *