भारतले विद्युतमाथिको अंकुस हटायो, व्यापारमा सहज

काठमाडौं। भारतले यही पुस ३ गतेदेखि लागू गरेको ‘विद्युत् आयात–निर्यात (सीमापार) सम्बन्धी निर्देशका, २०१८’ मा पहिलेका सबैखाले अंकुश हटाएकाले नेपालको जलविद्युत्को अन्तर्राष्ट्रिय बजार खुलेको छ। यसबाट नेपालमा उत्पादन हुने बिजुली भारतलगायत अन्य मुलुकमा निर्वाध निर्यात हुने बाटो खुलेको छ। 

भारतीय विद्युत् मन्त्रालयले नयाँ निर्देशका लागू गरी सोही दिन (डिसेम्बर १८) बाट कार्यान्वयन गर्न भारतका १६ वटा निकायहरुलाई निर्देशनात्मक पत्राचार गरेको छ। 

भारतले सन् २०१६, डिसेम्बर ५ तारिखका दिन लागू गरेको पुरानो निर्देशिकामा भारतीय कम्पनीका शत प्रतिशत वा न्यूनतम ५१ प्रतिशत शेयर लगानी भएका कम्पनीले उत्पादन गरेको बिजुली मात्र आप्mनो देशमा ल्याउन (आयात) पाउने प्रावधान राखेको थियो। यो प्रावधानले भारतीय लगानीकर्ताले बनाएका जलविद्युत् आयोजनाबाट मात्र उत्पादित बिजुली उसको बजारमा बेच्न सकिन्थ्यो, जसले गर्दा भारतबाहेक अन्य अन्तर्राष्ट्रिय वा स्वदेशका लगानीकर्तालाई लगानी गर्न बञ्चित गरिएको थियो। 

null

ऊर्जा मन्त्री वर्षमान पुनले भारतले नेपाल सरकारले विभिन्न द्विपक्षीय छलफल तथा बैठकहरुमा उठाउँदै आएको माग सम्बोधन गरेकोमा खुशी व्यक्त गर्दै त्यसको स्वागत गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *