पहिरोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

 

असार ३१, विराटनगर । उदयपुरको रौतामाई नगरपालिका–८ डिल्लीवरमा मंगलबार विहान पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ । अर्का एक वालक घाइते भएका छन् । 

घरमा सुतिरहेको अवस्थामा एक्कासी आएको पहिरोले पुर्दा मगरको मृत्यु भएको हो भने मृतकका नाती ९ वर्षिय महेश ग्रान्जा मगर घाइते भएका हुन् ।  

null

घटनाका जानकारी पाए लगतै स्थानीय र प्रहरीको सहयोगमा मृतकको शव निकालिएको छ भने वालकको उद्धार गरिे उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *