कैलालीको गौरीगंगा नगरपालिकामा एमाले विजयी

विष्णु जोशी, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेका भीमबहादुर देउवा ले ५८९१ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी  माओवादी केन्द्रका देवीदत्त कडेलले ५८३० मत ल्याउनुभएको थियो  । जम्मा ६१ मतको अन्तरले एमालले जित हात पारेको हो ।

कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याउनु भएको थियो । उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी अञ्चला चौधरीले ६१६३ मत ल्याएर विजयी भइन । उहाकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी करुणा चौधरीले ५३७३ मत ल्याउनुभएको.थियो । कांग्रेसकी मेनका जोशीले भने ५३४९ मत ल्याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *