मेलम्चीको खानेपानी पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

 

                                                                              फाइल तस्विर 

साउन १७, काठमाडौं । काठमाडौंको बालाजुमा शुक्रबार बिहान १० बजेतिर मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । 

null

काठमाडौं महानगरपालिका–१६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र पसेर सफा गर्ने क्रममा पाइपभित्र निसास्सिएर दुई जना मजदुरको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कनकपट्टी सप्तरीका २५ वर्षीय सुरेस साह र २० वर्षीय शिवकान्त साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सहोदर दाजुभाइ हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *