हावाहुरीका कारण एकै गाउँका १४ को मृत्यु, १ सय ५० घर भत्किए

 

चैत १८, बारा । आइतबार आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । 

मृत्यु हुने २७ मध्ये २४ जनाको सनाखत भइसकेको छ । खनाखत भएको २४ मध्ये १४ जना बाराको फेटा गाउँपालिकाका रहेका छन् भने तीन जना भारतीय नागरिक रहेको गृह मन्त्रालयले जनाएको छ। 

null

मृत्यु हुनेमा फेटा गाउँपालिका बाराका ५५ वर्षीय हरिनारायण दास, ४५ वर्षीया, मनोरमा देवी, १२ वर्षीया रबी खातुन, ५० वर्षीया गढिमा देवी, २४ वर्षीया रुनी देवी, उमेर नखुलेकी नन्द पटेल, २५ वर्षीया बबिना खातुन, २५ वर्षीया मीना खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, ११ वर्षीय नोक्सा मियाँ, ३ वर्षीया बालिका अलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीया सम्सिधा खातुन, १८ वर्षीया सबनम खातुन रहेका छन्। 

यस्तै सोही गाउँपालिकाका १ सय ५० घर भत्किएका छन् । स्थितिको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यहाँ पुगेका छन् । प्रम ओलीले उद्धार राहत र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *