लेबी सिस्टममाथि नेता कोइरालाको प्रश्नः ‘अब गरिब व्यक्ति कांग्रेस बन्न नपाउने हो ?’

 

साउन ६, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियता माथि खतरा बढेको बताएका छन् । 

३७ औं वीपी स्मृतिमा नेपाली काँग्रेस स्याङ्जाले वालिङ्मा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् । 

null

सरकारका हरेक गतिविधिले अन्तराष्ट्रिय तहमा देशको छबी धमिलिँदै गएको उनको भनाइ छ । 

‘हाम्रो कुनै सम्बन्ध नरहेको भेनेजुयलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको ? किन बोलाइयो उनीहरुलाई ? यसले नेपालको छबी कहाँ पुग्छ ? अन्तराष्ट्रिय स्तरमा के सन्देस जान्छ ?’ नेता कोइरालाले प्रश्न गरे । 

यो घटनाले नेपालप्रति अमेरिका सशंकित भएको उनको बुझाइ छ । 

डा. कोइरालाले लोकतन्त्रका आधारभुत मान्यतालाई समेत कुल्चँदै सरकारले ल्याएका विधेयकहरुले लोकतन्त्र गुम्ने आशंका पैदा भएको पनि बताए । 

समृद्धिका नाममा सरकारले हावादारी सपना बाँडेर जनतालाइ झुटको जालोमा पारेको उनको आरोप छ । 

उनले पार्टी कब्जा गर्ने र व्यक्तिगत स्वतन्त्रतामाथि नै बन्देज लगाउने उद्देश्यले ल्याइएको कांग्रेस पार्टीको नियमावलीले कम्युनिष्ट पार्टीको झझल्को दिएको बताए । कांग्रेस पार्टी गरिबको पनि पार्टी हो भन्ने कुरा बिर्सेर अव्यवहारिक ढङ्गले लेबी सिष्टम ल्याइएको प्रति आक्रोश पोख्दै उनले ‘गरिब व्यक्ति अब कांग्रेस बन्न नपाउने हो ?’ भन्ने प्रश्न गरे । 

केन्द्रमा बसेर सभापतिले नै गुट चलाउन थालेकाले पार्टी कमजोर बनेको कोइरालाको भनाई थियो । बिपी कोइरालाले जन्माएको पार्टी यसरी चरम गुटबन्दीमा फस्नु लोकतन्त्रकै निम्ती दुर्भाग्य भएको उनले बताए । 

कांग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कार्यकर्ताले जति भन्दा पनि शिर्ष नेताहरु नसच्चिएकाले अब महाधिवेशन मार्फत् उनीहरुलाई बिदा गर्नुपर्ने धारणा राखे । 

अर्का केन्द्रिय सदस्य धनराज गुरुङ्ले जनता र कार्यकर्ताको भावना अनुसार पार्टी संचालन नभएकै कारण अहिलेको अवस्था आएको बताए । धनबाद र डनबादले अब पार्टी नचल्ने गुरुङको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *