धनगढीमा कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबर

असार २०, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरी भएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएका थिए तर अहिले स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मतसँग बराबर भएको हो ।

अहिलेसम्म वड र हमालले ५१४७ मत ल्याउनुभएको छ । उममेयरमा भने कांग्रसको अग्रता कायमै छ । ६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहनु भएको छ । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *