यी सुन्दर युवतीलाई किन घरबाट बाहिर निस्कन प्रतिबन्ध गरियाे ?
फागुन २४, मस्को । सबैजसो युवतीलाई सुन्दर देखिने चाहना हुन्छ । तर, केही युवती यस्ता हुन्छन् जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । एकातर्फ त्यो सुन्दरतामा हर कोही मोहित हुन्छ भने अर्कोतर्फ त्यही सुन्दरता उनको लागि संकट बनिदिन्छ ।
यस्तै कहानी छ रुसकी २६ वर्षकी एन्जेलिका किनोभाको जो एक मोडल हुन् । एन्जेलिका झट्ट हेर्दा गुडिया जस्तै छिन् । उनलाई उनका मातापिताले एक गुडिया जस्तै हुर्काएका पनि हुन् तर अहिले उनको यही सुन्दरता उनका लागि समस्या बनेको छ ।
null
उनका मातापिताले उनलाई राजकुमारी जस्तै हुर्काए । यतिसम्म कि उनी आफूखुसी घरबाहिर जान पनि पाउँदिनन् । उनी बार्बी डल जस्तै छिन् र उनको दैनिकी पनि उस्तै छ । उनका कोही ब्वाइफ्रेण्ड छैन् किनकि उनका मातापिता उनलाई स्वतन्त्र रुपमा हिँड्न दिँदैनन् । तर, एन्जेलिका एक दिन घरबाट बाहिर निस्केर आफ्नो तरिकाले जिन्दगी बाँच्न चाहन्छिन् । उनी साँचो प्रेमको खोजी गरिरहेकी छिन् । उनका अनुसार उनमा मातापिताले अहिलेसम्म उनलाई सीसाको महलमा राखेका छन् तर एक दिन उनी यो महल तोडेर बाहिर निस्कने छिन् । एजेन्सी
हेर्नुहोस् एन्जेलिकाका फोटोहरु